परम्पराकैरुपमा मनाइँदै आएको प्रजातन्त्र दिवस यसपटक मनाइएन । प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा प्रजातन्त्र दिवस मनाउने कार्यक्रम रोकियो । पोहोरसम्म काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने गरिएको भएपनि यसपाली प्रजातन्त्र दिवसको दिन टुंडिखेलमा यस्तो कुनै समारोह भएन ।
गृहमन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले यसवर्ष टुँडिखेलमा कार्यक्रम गर्ने निर्णय नभएको उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । प्रजातन्त्र दिवस मनाउने, नमनाउनेबारे सरकारले औपचारिक जानकारी नदिएपनि प्रधानमन्त्रीको निर्देशनमा कार्यक्रम आयोजना नगरिएको स्रोतले जनाएको छ ।यस अगाडिका सरकारले प्रत्येक बर्ष फागुन ७ गते टुँडिखेलमा भव्य कार्यक्रमको आयोजना गरि प्रजातन्त्र दिवस मनाउने गरेका थिए ।सरकारले प्रजातन्त्र दिवस नमनाएकोमा प्रमुख प्रतिपक्षी दल काँग्रेस र एमालेले विरोध गरेका छन् ।

स्रोत: टेलिभिजन न्युज/source: Television news
RSS Feed
Twitter
Sunday, February 19, 2012
Admin