शिक्षकको कुटाईबाट विद्यार्थीको रहस्यमय मृत्यु

शिक्षकको कुटाईबाट स्कूलमा विद्यार्थीको रहस्यमय मृत्यु भएको छ |

काठमाडौंको फुटुङ्गस्थित महाकाली इंङ्गलिश वोर्डिङ्ग स्कुलका प्रिन्सिपल पुनदेबी महर्जनको कुटाईबाट कक्षा ८ मा अध्यनरत १४ वर्षे बालक रोशन थापाको मृत्यु भएको आरोप मृतकका परिवार र स्थानीयबासीको छ ।

प्रिन्सिपलले रोशनलाई आफ्नो कोठामा वोलाई कुटपिट गरेको र वेहोस भएपछि परिवारलाई खवर नगरी वालाजु स्थित जनमैत्री अस्पताल पु-याएको परिवारको आरोप छ । अस्पतालमा पु-याए लगत्तै रोशनको मृत्यु भएको थियो ।



स्रोत: टेलिभिजन न्युज/source: Television news