रुपचन्द्र विष्टको अनौठो जीवनकथा

जन्मने मर्ने, सुत्ने, उठ्ने, सन्तान जन्माउने, काम त सबैले गर्छन् । सही मानिस त्यही हुन्छ जसले समाजलाई ब्युँझाउने काम गर्छ भन्ने मानसिकता राख्ने रुपचन्द्र विष्ट सानैदेखि विद्रोही स्वभावका थिए । उनले घर छाडेर आफ्नो चेतना र जीवन व्यवहारलाई सर्वहाराकरण गरे । त्यस समयमा उनीसँग कुनै सम्पत्ति थिएन । शिक्षा आर्जन गर्न पनि शारीरिक श्रम गरेर रकम जुटाउने उनको नीति बन्यो । वुर्जुवा शिक्षा नलिएमा समाजले हेय दृष्टि राख्ने भएकोले नै त्यो शिक्षा लिन आवश्यक परेको बताउने रुपचन्द्रको विभिन्न विधामा स्वअध्ययन थियो । सोही स्वअध्ययनले नै उनलाई दार्शनिक बनायो । विभिन्न अन्तर्वार्तामा योग्यताका बारेमा प्रश्न सोद्धा उनको जवाफ हुन्थ्यो – जान्न खोज्ने वा थाहा पाउन खोज्ने । शरीर वलिष्ट बनाउने पनि उनको दिन चर्या थियो । हुन पनि उनी असाधारण वलिष्ट शरीरका थिए । एक दर्जन मण्डलेले एकै पटक हमला गर्दा पनि रुपचन्द्रलाई खासै फरक पर्दैनथ्यो । दर्जनौँ प्रहरी पक्राउ गर्न आउँदा पनि पक्राउ गर्न सक्दैनथे उनले विवेक र बल दुवै, मान्छेको आवश्यकता हो भन्ने मान्यता राख्थे र सोहीअनुसार व्यवहार गर्दथे ।



स्रोत: टेलिभिजन न्युज/source: Television news
http://www.gorkhapatra.org.np/mag/yubamanch.detail.php?article_id=834&cat_id=23