चर्चित लोक गायिका मुना थापा मगर आज युएई प्रस्थान

२२ फेब्रुअरी २०१२ - मुना थापा मगर - मगर सघ्ँ युएई ले आयोजना गर्न लागेको ३० औ मगर दिबस बिबिध सांस्कृतिक कार्यक्रम मा भाग लिन नेपालकी चर्चित लोक दोहोरी गायिका मुना थापा मगर आज युएई प्रस्थान गर्नु भएको छ । उहाँले २४ फेब्रुअरी मा केरला सोसियल सेन्टर अबुदाबी मा हुने साङ्गितिक कार्यक्रम आफ्नो चर्चित गीतहरु प्रस्तुत गर्नु हुनेछ । साथै दोहोरी मा उहाँ लाई दिप सागर थापा ले साथ दिनु हुनेछ । दिप सागर थापा सोही कार्यक्रम मा भाग लिन हिजै युएई पुगिसक्नु भएको छ । अहिले सम्म आधा दर्जन भन्दा बढि देशहरुमा आफ्नो प्रस्तुति देखाई धेरै दर्शक श्रोता हरुको मन जित्न सफल गायिका थापा ले युएई मा पनि आफ्ना चर्चित लोक तथा दोहोरी गीत हरु बाट त्यहाँ रहेका नेपाली दर्शक हरुको पनि मन जित्नुहुने अनुमान गरिएको छ ।