विश्वमा मिर्गौला प्रत्यारोपण भएको पाँच दशक बितिसक्दा पनि नेपालका मिर्गौला रोगीहरूले यो सेवाका लागि भारत वा अन्य मुलुक पुग्नु पर्दछ। यस क्रममा मिर्गौलाको किनबेच, ठगी र गैरकानूनी प्रत्यारोपण पनि हुने गरेको छ।
अत्याधुनिक समाज र चेतनशील मानसिकतालाई नमिठो गरी कोक्याउने वास्तविकता हो यो । समस्या, अभाव र दरिद्रपनले एउटा मान्छे कतिसम्म विवश र लाचार हुनसक्दोरहेछ, त्यसको शाश्वत नमूना हो यो । मान्छेले केही हजार र लाख रूपियाँका लागि मिर्गौला जस्तो अत्यन्तै संवेदनशील अङ्ग समेत बेच्न तयार हुन्छ भने उसले बाँच्नका लागि बेहोरेको पीडा कति विघ्न क्रूर र दर्दनाक थियो होला त्यसको सहजै अनुमान गर्न सकिन्छ । आˆना घरपरिवारका लागि बिहान-बेलुकीको दुई छाकको जोहो गर्नदेखि छोराछोरीलाई कलम-कापी किनिदिएर ‘स्कुल’ पढाउने इच्छा पूर्तिमा मिर्गौला बेचिने तथ्य सार्वजनिक भएपछि हाम्रो राज्यसंयन्त्रले समेत ठूला ठूला दावी गर्नु बेकार जस्तो प्रतीत हुन्छ ।

स्रोत: टेलिभिजन न्युज/source: Television news
RSS Feed
Twitter
Monday, February 20, 2012
Admin