महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज नेपालभर मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूवक पूजा-आराधना गर्दछन् । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज नेपालका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तर्ीथयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्षबिहान ३ः३० बजेबाट पशुपतिनाथको चारै ढोका खुला गर्ने, आधा घन्टाभित्र भक्तजनले दर्शन गर्न सक्नेलगायत विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

स्रोत: टेलिभिजन न्युज/source: Television news
RSS Feed
Twitter
Monday, February 20, 2012
Admin