नेपाली बजारमा झन्डै मागकै हाराहारीमा ग्यास आयात भइरहे पनि बजारमा ग्यासको अभाव कायमै देखिएपछि सरकारले व्यापारीमाथि निगरानी बढाउन बजार अनुगमन थालेको हो। पट्रोल, मट्टितेल सहजै पाउन थालिएपनि ग्यास र डिजल भने अझै पनि सहज हुन सकेको छैन । निगमले माग अनुसार आपूर्ति बढाएको जनाउँदै आएपनि बजारमा समस्या उस्तै छ । अधिकांश पेट्रोलपम्पमा अझै पनि डिजल छैन को बोर्ड झुण्ड्याइएकै छन् । ग्यासका लागि उपभोक्ता डिलरकहाँ धाएका धाएकै छन् ।
कृत्रिमरुपमा ग्यासको अभाव देखाउँदै कालोबजारी गर्ने व्यापारी तथा उद्योगीलाई कारबाही प्रक्रिया थाल्न र आम उपभोक्ताका लागि ग्यास आपूर्ति सहज बनाएर अहिले देखिएको अभावलाई सम्बोधन गर्न बजार अनुगमन कार्यलाई अगाडि बढाइएको मन्त्री भट्टले बताए।

स्रोत: टेलिभिजन न्युज/source: Television news
RSS Feed
Twitter
Tuesday, February 21, 2012
Admin