डिआइजी रन्जन कोइराला विरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता

पत्नी हत्याको अभियोगमा थुनामा रहेका सशस्त्र प्रहरीका डिआईजी रञ्जन कोइरालाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्धा दायर भएको छ ।  प्रहरीले दर्ता गराएको अभियोग पत्रमा कोइरालालाई सर्वश्व सहित जन्मकैद सजाय माग दाबी गरेको छ । त्यसै गरी प्रहरीले रञ्जन कोइरालाकी प्रेमिका तारा रेग्मीलाई गीताको हत्यामा सहयोगीको भुमिका खेलेको भन्दै १५ बर्षसम्मको कैद सजाय माग गरिएको छ । अभियोग पत्रमा गीताको हत्या अघि र हत्या पछि रञ्जन कोइरालासंग निरन्तर सम्पर्कमा रहेको कारण अप्रत्यक्ष संलग्नता देखिन आएकोले रेग्मीलाई १५ वर्षसम्मको कारबास सजाय हुनुपर्ने माग दावी प्रहरीले गरेको छ ।



स्रोत: टेलिभिजन न्युज/source: Television news