प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ । जीवनमा प्रेम अनि माया अति नै महत्वपूर्ण हुन्छ । हर मानिस आफ्नो जीवनमा कुनै न कुनै रुपमा माया प्रेममा परेका हुन्छन् ।
युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । आˆनो प्रेम र प्रस्तावप्रति विश्वस्त हुनुहुन्छ भने तपाईंको लागि उपयुक्त दिन १४ फेब्रुअरी हुनसक्छ । विशेष त प्रेमिका हुनेहरु उपहार आदान प्रदान गर्ने, डेटिङ जाने आदि आदि गर्ने गर्छन् र नहुनेहरु पनि कसैलाई “विल यु वि माई भ्यालेन्टाइन” जस्ता कुरा हरु भ्यालेन्टाइन डे मा हुनेगरेको पाईन्छ |
तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस ‘भ्यालेन्टाइन डे’ को इतिहासलाई फर्केर हेर्दा एक जना रोमका सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरेको थियो । एक जना सर्वसाधारणले आˆनो आदेशको उल्लङ्घन गरेको कारण सम्राट्लाई सहृय भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ प|mेबु्रअरीमा संसारमा ‘भ्यालेन्टाइन डे’ मनाउने प्रचलनको आरम्भ भएको हो । Video: Alagdhar/imagechannels.com//
RSS Feed
Twitter
Wednesday, February 15, 2012
Admin