पदको दुरुपयोग गरि अकुत भ्रष्टाचार गरेको ठहर ! अब मन्त्रालयमा होइन जेलमा गुप्ता |गणतान्त्रिक)का अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले विगतमा पदमा रहेका बखत गैरकानुनी ढङ्गबाट अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सर्वोच्च अदालतले ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले आज यसअघि विशेष अदालतले गरेको फैसला उल्ट्याउँदै रु ८४ लाख ९ हजार ९२८ बराबरको सम्पत्ति आर्जन गरेको ठहर गरेको हो ।
अदालतको सो फैसलासँगै प्रचलित कानुनअनुसार मन्त्री गुप्ताको संसद् सदस्य र मन्त्री पद दुवै गुम्नेछ । सर्वोच्चमा स्वयम् उपस्थित हुनुभएका मन्त्री गुप्ताले आत्मर्समर्पण गरेपछि प्रहरीले आजै हिरासतमा लिएको छ । अदालत परिसरमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै मन्त्री गुप्ताले अदालतको फैसला आफूलाई स्वीकार्य रहेको बताउनुभयो ।

स्रोत: टेलिभिजन न्युज/source: Television news
RSS Feed
Twitter
Tuesday, February 21, 2012
Admin