काठमाडौँ, ९ फागुन
मधेसी सञ्चार मन्त्री जेपी गुप्तालाई सर्वोच्च अदालतले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गरेको छ। अदालतले उनलाई डेढ वर्ष कैद र ८४ लाख जरिवाना र त्यति नै सम्पति जफत गर्न आदेश पनि गरेको छ। फैसलापछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। त्यसो गरे २५ प्रतिशत डिस्काउन्ट पाइन्छ सजाय र जरिवाना दुवैमा।
सत्ता र शक्तिसँग उतिबेला पनि निकट रहेका बेला जेपी आनन्दको नामले आफूलाई चिनाउँदै हिँड्ने एक नेता मधेस आन्दोलन भएपछि ‘जेपी गुप्ता’ बने। अहिले सूचना तथा सञ्चार मन्त्री थिए उनी।
सार्वजनिक पद धारण गर्नु अघि जेपी गुप्ताको बैँक खातामा २२ हजार रुपियाँ मात्र थियो। तर पदमा भएपछि उनको बैँकमा लाखौँ रुपियाँ जम्मा भएको अख्तियारको अनुसन्धानले देखाएको छ। पदमा हुनुअघि उनको एकमात्र बैंक खाता थियो- कृषि विकास बैंक, रत्नपार्क शाखामा। त्यसमा २२ हजारमात्र जम्मा थियो। २०४८ सालमा उनी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सल्लाहकार बने। २०५४ सालमा सञ्चार राज्यमन्त्री, ५५ सालमा सञ्चार मन्त्री अनि ५६ सालमा कृषि मन्त्री बने। २०५८ सालमा फेरि सूचना मन्त्री बने। सार्वजनिक पदमा बसेपछि उनको र उनकी पत्नीको बैँक खातामा अस्वभाविक रकम बढेको अनुसन्धान पछि अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ।

स्रोत: टेलिभिजन न्युज/source: Television news
RSS Feed
Twitter
Tuesday, February 21, 2012
Admin