क्रूर बन्दैछ समाज ! मकवानपुरको फापरबारी गाविस वडा नम्बर ५ बाख्रेखोला बस्ने ३५ वर्षीया भक्तबहादुर रुम्बाले आफ्ना तीन जना छोरीहरुलाई गएराति ढुंगाले हानेर हत्या गरेका छन् । घरमा सुतिरहरेका छोरीहरु ७ वर्षीया अनिता, १० वर्षीया सुनिता र १३ वर्षीया लक्ष्मीको गएराती हत्या भएको प्रहरीले जनाएको छ । श्रीमती आफन्तको बिहेमा गएका बेला रुम्बाले छोरीहरुको हत्या गरेको स्थानीयले जानकारी दिएका छन् । मानसिक सन्तुलन गुमाएपछि रुम्बाले छोरीहरुको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । राति छोरीहरुको हत्या गरेपनि विहान गाउ“लेहरुले खबर गरेपछि मात्र प्रहरीले घटनाबारे जानकारी पाएको थियो ।

स्रोत: टेलिभिजन न्युज/source: Television news
RSS Feed
Twitter
Saturday, February 18, 2012
Admin