भाङ, धतुरो शिवको प्रसाद की नसा !

महाशिवरात्री पर्व शिवको पूजा-आराधना गरी मनाइँन्छ । हिन्दु धर्मावलम्बीहरू महाशिवरात्रीको दीन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्ने गर्दछन् । पौराणिक ग्रन्थहरुमा कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये शिवजी उत्पत्ति भएको रातका रुपमा शिवरात्री पर्वलाई चित्रण गरिएको छ । आराध्यदेव भगवान शिव धर्तीमा पर्दापण भएको दिनको रुपमा मानिने महाशिवरात्री पर्वको आफ्नै महिमा छ । तर, यो महिमामयी पर्व विकृतिको अवसर समेत बन्न थालेकोमा भने चिन्ता बढ्न थालेको छ ।



स्रोत: टेलिभिजन न्युज/source: Television news