सुन्दा पनि अचम्म लाग्ने र उमेर हेर्दा भखरै देखीने पुख्यौली घर गोरखा भै हाल नवलपरासी बसोबास गर्दै आएका टेक वहादुर गुरुङ्गले पशु बध गरी मासुखाने गरेपछि गाउँलेको उजुरी पछि प्रहरीको विशेष सक्रियतामा रातको समयमा पक्राउ परेका हुन् । गोरखाका जिल्लामा विगत केही महिना देखी विभिन्न गाउँमा पशुचौपाया हत्या गरी मासु चोरी गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनको साथबाट पशु मात्रै होइन कुनै पनि मानव जातीलाई क्षणभरमा नै सखाप पार्न सक्ने खालका सवै हतियार तथा वन्दोवस्तीका सामान समेत प्रहरी फेला परेका छन ।
घर पालुवा पशु चौपाया विहान पख मृत्त अवस्थामा फेला पर्ने र पशुको कुनै न कुनै भाग फेला नपर्ने डर लाग्दो परिस्थिती पछि गाउँले नीकै त्रशित बनेका थीए | टेक वहादुरले हाल सम्म दुई दर्जन भैसी, तिन वटा गाई, चार वटा बाख्रा र तिन वटा गोरु खाएको स्विकार गरेका छन् । उनले उत्त क्षेत्रको चौपायालाई मध्यरातमा काटेर कलेजो, मुटु र फलमासु खाने तथा लाने गरेका थिए । निकै आतंकित गाउलेले केही समय आफै गस्ती पनि पशु चौपाया गोठमा मृत्त फेला पार्न थाले पछि प्रहरीलाई किनै दवाव झेल्नु परेको थियो ।
निकै ठुलो कसरत पछि समातिएका टेक वहादुर गुरुङ्ग प्रहरीले नियन्त्रणमा लिने वित्तिकै स्थानिय गाउालेले उनीमाथि हातपात गर्दा उनको दााहिने हात भााचिएको छ भने शरिरको विभिन्न भागमा गंभिर चोट लागेको छ । प्रारम्भीक अनुसन्धानका क्रममा उनले हाल सम्म १० लाख बरावरको पशु बध गरी सकेका छन । निकै सफाइका साथ पशुबध गर्ने उनले केही समय चितवनमा वुच्चडको काम समेत गरेका थिए ।

स्रोत: टेलिभिजन न्युज/source: Television news
RSS Feed
Twitter
Wednesday, February 22, 2012
Admin